Sunday, April 27, 2025

ट्रेन्डिङ :

‘विश्वकप छनोटमा नेपाल जोर्डनको सामना गर्न तयार’

spot_img
spot_img

काठमाडौं । नेपालले विश्वकप फुटबल २०२२ तथा एशियाली फुटबल २०२३ को छनोट खेलमा सोमबार जोर्डनको सामना गर्दैछ । नेपालको राष्ट्रिय टोलिका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुतैरीले जोर्डनको सामना गर्न नेपाल पूर्णरुपमा तयार रहेको बताउनुभएको छ ।

छनोट खेलको पूर्ब सन्ध्यामा अलमुतैरीले जोर्डन स्तरीय टोलि रहेपनि जित्ने लक्ष्यका साथ नेपाली टोलि मैदानमा उत्रिने बताउनुभएको हो । उहाँले भन्नुभयो, “प्रत्येक खेल ०–० बाट सुरु हुन्छ, तर खेल मैदानमा टोलिको प्रदर्शनको आधारमा जित हार हुन्छ, सुरुबाट नै हामीले जित्ने लक्ष्य लिएर मैदानमा उत्रिनेछौं ।” “हाम्रो लक्ष्य एशिया कपका लागि छनोट हो र त्यसका लागि जोर्डन बिरुद्ध जित्नुपर्ने हुन्छ ।”– प्रशिक्षक अलमुतैरीले थप्नुभयो ।

उहाँले चाइनिज ताईपेइ बिरुद्ध गरेको तयारी बमोजिम नै जोर्डन बिरुद्धको खेलका लागि तयारी गरेको बताउनुभयो । जोर्डनका प्रमुख प्रशिक्षक भिटल बोर्केलमान्सले कडा तयारी गरेको र नेपाल बिरुद्धको खेल हाम्रो लागि महत्वपूर्ण रहेको प्रतिक्रिया दिनुभएको छ । “प्रशंसकले नेपाल बिरुद्धको खेलबाट तीन अङ्क जोड्न अपेक्षा राखेपनि तर यो फुटबल रहेकोले सबैथोक सम्भब हुन्छ” – उहाँले भन्नुभयो ।

जोर्डनका प्रशिक्षक बोर्केलमान्सले मैले चाइनिज ताईपेइ र इराक बिरुद्धको खेल हेरेका छौं, नेपालको खेल पद्धती बदलिएको बताउनुभयो । नेपालले जोर्डन बिरुद्ध सोमबार कुवेतको अल अहमद अन्तर्राष्ट्रिय रङ्गशालामा खेल्दैछ । छनोट अन्तगर्त दोस्रो चरणको खेलमा नेपालले चाइनिज ताईपेइलाई २–० ले हराएको थियो । नेपालको जितमा अञ्जन विष्ट र नवयुग श्रेष्ठले एक एक गोल गर्नुभयो ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?