११ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 23 2024
Logo

कर्णालीमा आजदेखि बजेट अधिवेशन



सुर्खेत- कर्णाली प्रदेशमा आजदेखि बजेट अधिवेशन सुरु हुँदैछ। आज दिउँसो २ बजेदेखि कर्णाली प्रदेश सभाको आठौं तथा बर्खे अधिवेशन सुरु हुन लागेको हो। यो अधिवेशन आर्थिक बर्ष २०७८/०७९ को बजेट र नीति तथा कार्यक्रममा केन्द्रीत हुनेछ।

आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको वैठकले सोमबार दिउँसो २ बजे बस्ने अधिवेशनको पहिलो वैठकमा प्रदेश प्रमुखको कार्यालयबाट आएको अधिवेशन आह्वान पत्र पढेर सुनाउने, संसदमा गराउनुपर्ने अरु जानकारी गराउने र संसदीय दलका नेताहरुले धारणा राख्ने कार्यसूची रहेको प्रदेश सभा सचिव जीवराज बुढाथोकीले जानकारी दिए।

उनकाअनुसार यो अधिवेशनमा नीति तथा कार्यक्रम, बजेट प्रस्तुत तथा त्यसमाथी छलफल हुनेछ। कर्णाली प्रदेश सरकारले आर्थिक बर्ष ०७८/७९ का लागि ३० अर्ब बराबरको बजेट ल्याउने तयारी गरेको छ।


प्रतिक्रिया दिनुहोस !