Sunday, March 16, 2025

ट्रेन्डिङ :

टेकु अस्पतालमा बालबालिकाका लागि ४ वटा आइसीयू सहितको आइसोलेशन

spot_img
spot_img

काठमाडौं । कोरोनाका आउँदा लहरलाई मध्येनजर गर्दै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा बालबालिकाका लागि ४ आइसीयू र १२ बेडको आइसोलेसन छुट्याइएको छ ।

यसअघि टेकु अस्प्तालमा कोरोना संक्रमित बालबालिकाका लागि कुनै पनि व्यवस्था थिएन ।

कोरोना भाइरसको तेस्रो लहर आउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै अस्पतालमा बालबालिकाका लागि बेड छुट्याइएको अस्पतालले स्रोतले जनाएको छ । हाल अस्पतालमा कोभिड बिरामीका लागि भनेर समग्रमा ४५ बेडको आइसोलेसन, २८ आइसीयू र २१ भेन्टिलेटर छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तेस्रो र चौथो लहर आउन सक्ने र यी लहरमा बालबालिका बढी जोखिममा पर्ने सम्भावना रहेको भन्दै आवश्यक तयारी गर्न अस्पतालहरुलाई निर्देशन दिएको थियो । निर्देशन बमोजिम टेकुमा बेड छुट्याइएको हो ।

मन्त्रालयले देशभरका सबै अस्पताललाई २० प्रतिशत शय्या कोभिड संक्रमित बालबालिकाको उपचारमा प्रयोग हुने गरी तयारी अवस्थामा राख्न निर्देशन दिएको छ।

मन्त्रालयले कोरोना संक्रमणको पहिलो र दोस्रो लहरमा अत्याधिक मात्रामा प्रौढ तथा युवाहरु संक्रमित भएको र हालसम्म सबै तयारी उनीहरु लक्षित अवस्थामा रहेको जनाएको छ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?