Monday, March 17, 2025

ट्रेन्डिङ :

माधव नेपाल र देउवासँग प्रचण्डको भेट

spot_img
spot_img

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका नेता माधवकुमार नेपाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरेका छन् ।

सोमबार दिउँसो सवा ११ बजे माधवकुमार नेपाललाई उनकै कोटेश्वरमा भेटेलगत्तै प्रचण्ड देउवालाई भेट्न बुढानीलकण्ठ पुगेका उनी निकट स्रोतले जनाएको छ । उनले नेता नेपालसँग करिब १० मिनेट र देउवासँग करिब २० मिनेट कुराकानी गरेको स्रोतको भनाइ छ ।

नेताहरुबीच के विषयमा कुराकानी भयो भन्ने खुलेको छैन । तर समसामयिक राजनीति र सर्वोच्च अदालतमा विचाराधीन संसद विघटनको मुद्दाबारे छलफल गरेको स्रोतको दावी छ ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?