१६ जेष्ठ २०८०, मंगलवार
 |   Tue May 30 2023
Logo

कोरोनाको तेस्रो लहरसँग जुध्न सातै प्रदेशमा बालबालिका अस्पताल स्थापना गरिने



काठमाडौं । कोभिड-१९ महामारीको बढ्दो जोखिमसँग जुध्न सरकारले सातै प्रदेशमा बालबालिकाको उपचार गर्न छुट्टै स्थानमा अस्पताल र आईसीयू निर्माण गर्ने भएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित भर्चुअल पत्रकार सम्मेलनमा नवनियुक्त स्वास्थ्य मन्त्री शेरबहादुर तामाङले उक्त जानकारी दिएका हुन् । ‘सबै प्रदेशमा अस्पताल स्थापना र आईसीयू व्यवस्थापन गर्न तयारी गरेका छौं’ उनले भने ।

ती ३९६ वटा अस्पतालको निर्माण तत्कालै सुरु हुने जानकारी दिँदै मन्त्री तामाङले असार भित्र सबै अस्पतालको टेन्डर प्रकृया अघि बढाएर आउने वर्षभित्र अस्पताल निर्माण प्रकृया शुरु गर्ने बताए । आफू मन्त्री भएर मन्त्रालयमा आइसकेपछि नागरिकको जीवन रक्षा मुख्य प्राथमिकता रहेको बताउँदै मन्त्री तामाङले कोरोनाविरुद्ध युद्ध लड्ने आफ्नो मुख्य कार्यभार रहेको समेत बताए ।

कोरोनाको तेस्रो लहर आउनुअघि नै सरकारले आवश्यक स्वास्थ्य सामाग्री जुटाउन पहल गरिरहेको उनले जनाए ।


प्रतिक्रिया दिनुहोस !