Monday, March 17, 2025

ट्रेन्डिङ :

पार्टी एकताका लागि प्रतिनिधिसभा विघटन फिर्ता लिनुपर्ने नेपाल समूहको शर्त

spot_img
spot_img

काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन फिर्ता लिनुपर्ने अडान लिएका छन् । अध्यक्ष ओलीले कांग्रेस सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा दर्ता गरेको नेपाल पक्षका सांसद्ले गरेको हस्ताक्षर फिर्ता लिनुपर्ने सर्त राखेका थिए । तर, नेपाल समूहले ओलीको उक्त सर्तबमोजिम हस्ताक्षर फिर्ता नलिने भएका छन् ।

ओलीले आफ्नो वक्तव्यमार्फत् पार्टीलाई जेठ ३ गते गरेको पूर्ववत् अवस्थामा फर्काउन तयार भएको विषयलाई लिएर बसेको नेपाल पक्षको बैठकले त्यस्तो हुन नसक्ने भन्दै अस्वीकार गरेको हो । ओलीको जबाफ लिखितरुपमा दिनेक्रममा नेपाल समूहले सर्वोच्च अदालतमा बुझाएको हस्ताक्षर फिर्ता गर्न नसक्ने स्थायी कमिटी सदस्य बेदुराम भुसालले बताए । यदि, ओलीले प्रतिनिधिसभा विघटन गर्नु गल्ती भएको भन्दै फिर्ता लिए आफूहरुलाई हस्ताक्षर फिर्ता लिन कुनै समस्या नभएको उनले बताए ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?