Wednesday, March 19, 2025

ट्रेन्डिङ :

मुख्यमन्त्री भट्टको विपक्षमा मतदान गर्न एमालेको निर्देशन

spot_img
spot_img

धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेशले प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टको विपक्षमा मतदानका लागि ह्वीप जारी गर्न पार्टी संसदीय दललाई निर्देशन दिएको छ । प्रदेश अध्यक्ष कर्ण थापा र सचिव राजेन्द्र रावलले संसदीय दलका नेता प्रकाश शाह र प्रमुख सचेतक दुर्गा विकलाई सो निर्देशन सहितको पत्र पठाएका छन् ।

माओवादी नेतृत्वको सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले मंगलबार बिहान विश्वासको मत माग्दैछन् । १० जेठमा एमाले स्थायी कमिटी बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको थियो । तर, केन्द्रको आदेश अवज्ञा गर्दै १२ जेठमा यहाँको संसदीय दलले भने समर्थन कायम राख्ने निर्णय लियो । अहिले एमाले माधव पक्षका सांसदहरू सरकारमा सहभागी छन् । प्रदेश सभामै एमालेका ओली पक्षका सांसद पठान सिंह बोहराले पनि अल्पमतमा परेका मुख्यमन्त्रीको राजीनामा मागेका थिए । अल्पमतमा परेको आरोप लागेपछि मुख्यमन्त्री भट्टले आइतबार साँझ विश्वासको मत लिने निर्णय गरेका हुन् ।

एमालेको ओली पक्षले मुख्यमन्त्रीको विपक्षमा मतदान गर्ने जनाए पनि माधव समूहले भने पक्षमा मतदान गर्ने दाबी गरेको थियो । पार्टीको ह्विप के गर्ने भन्नेबारे माधव समूहको आधिकारिक धारणा आएको छैन । ५२ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा बहुमत प्राप्त गर्न २७ जनाको समर्थन आवश्यक पर्छ । अहिले एमालेमा २५ माओवादीका १३ कांग्रेसका १२ र जनता समाजवादी पार्टीका २ जना सांसद छन् ।

एमालेमा सभामुख बाहेकका २४ जनामध्ये नेपाल पक्षमा १५ र ओली पक्षमा ९ जना छन् । माधव समूहले पक्षमा मतदान गरे मुख्यमन्त्री भट्टको सरकार जोगिनेछ । नेपाली कांग्रेस र जसपाले भने अझै के गर्ने भन्ने निर्णय गरेका छैनन् ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?