spot_img
Monday, June 21, 2021
spot_img

ट्रेन्डिङ :

चारवटै सुरक्षा निकायको युनिफाइड कमान्ड प्रधानमन्त्रीमातहत रहने एकीकृत इन्टेलिजेन्स संयन्त्र बनाउन प्रस्ताव

spot_img

काठमाडौं- नेपाली सेनाले आफुसहित नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागसमेत रहने एकीकृत कमान्ड र एकीकृत इन्टेलिजेन्स समितिसम्बन्धी प्रस्ताव पनि रक्षा मन्त्रालयमा पेस गरेको छ । सशस्त्र द्वन्द्वका वेला सुरक्षा फौजको एकीकृत कमान्ड थियो ।

राष्ट्रिय सुरक्षा नीति, संविधान, प्रतिरक्षा नीति, सैनिक रणनीति र सैनिक ऐनअनुसार एकीकृत सुरक्षा अवधारणामा आधारित रहेर एकीकृत कमान्डको प्रस्ताव गरिएको सेनाको जिकिर छ । एकीकृत कमान्ड कार्यान्वयनका ६ योजना सैनिक प्रस्तावमा छ । सैनिक इन्टेलिजेन्स सेवा नियमावलीको मस्यौदा पनि सेनाले मन्त्रालयमा पेस गरेको छ ।

त्यस्तै, प्रधानमन्त्रीमातहतमा प्रधानसेनापति, सशस्त्र, नेपाल प्रहरी र अनुसन्धान विभागका प्रमुख तथा सेनाको इन्टेलिजेन्स विभागका महानिर्देशक रहने राष्ट्रिय एकीकृत इन्टेलिजेन्स समितिको प्रस्ताव पनि सेनाको छ । यो समितिमातहत क्षेत्रीयस्तरमा प्रदेश प्रहरी प्रमुखसहित सेनाका सहायकरथी, सशस्त्र, नेपाल प्रहरी र अनुसन्धान विभागका डिआइजीस्तरका अधिकृत सहभागी संयन्त्र बनाइनेछ । नयाँ पत्रिकामा खबर छ।

Leave a Reply

- Advertisment -spot_img

ताजा समाचार

spot_img

हेर्न छुटाउनु भयो कि?

%d bloggers like this: