१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

बौद्धमा बोराभित्र कोचेर फालिएको अवस्थामा मानिसको शव भेटियो



काठमाडौं : बौद्धस्थित नयाँबस्ती टाउनप्लानिङमा बोराभित्र कोचेर फालिएको अवस्थामा मानिसको एउटा खुट्टा भेटिएको छ । उक्त खबर पाएपछि प्रहरी घटनास्थलमा पुगेको छ । स्थानीयले बोरामा पोको पारेर फालेको अवस्थामा मानिसको खुट्टा देखेपछि प्रहरीमा खबर गरेका थिए । सो खबरलगत्तै महानगरीय प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ ।

बौद्धस्थित दिव्य पार्टी प्यालेसनजिकैको खाली जग्गामा एउटा बोराभित्र केही पोको पारेर फालिएको थियो । त्यसभित्र मानिसको एउटा खुट्टा मात्र काटेर फालेको भेटिएको काठमाडौं प्रहरी प्रमुख अशोक सिंहले जनाएका छन् । उनका अनुसार घुँडा र खुट्टाको भाग मात्रै भेटिएको छ र शव केही हप्ता पुरानो हुन सक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको छ । उक्त खुट्टा कसको हो भन्ने पहिचान हुन सकेको छैन । कसैले हत्या गरेर फालेको हो कि भन्ने आशंकामा अनुसन्धान अगाडि बढाइएको प्रहरीको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !