spot_img
Tuesday, June 22, 2021
spot_img

ट्रेन्डिङ :

मुख्यमन्त्री भट्टको विश्वासको मतका प्रस्तावमा तटस्थ बस्ने कांग्रेसको निर्णय

spot_img

काठमाडौं : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज प्रदेशसभामा पेस गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावबारे प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले तटस्थ भूमिका निर्वाह गर्ने भएको छ । मंगलबार बिहान बसेको संसदीय दलको बैठकले ‘नो भोट’ को नीति लिने निर्णय गरेको हो । काँग्रेस सचेतक टेकबहादुर रैकाका अनुसार प्रदेश सरकारले विश्वासको मत नपाउने अवस्थामा मात्र सरकारको निरन्तरताका लागि आफूहरुले भूमिका निर्वाह गर्नेगरी काँग्रेसले रणनीति बनाएको थियो । तर सत्ता साझेदार दल नेकपा एमालेको संसदीय दलले नै सरकारको पक्षमा विश्वासको मत दिने निर्णय लिइसकेको र सरकारले प्रदेशसभामा बहुमत हासिल गर्ने प्रस्ट देखिएको अवस्थामा आफूहरुले तटस्थ रहने निर्णय गरेको उनको भनाइ छ ।

Leave a Reply

- Advertisment -spot_img

ताजा समाचार

spot_img

हेर्न छुटाउनु भयो कि?

%d bloggers like this: