१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

शिक्षकलाई खोप दिन आग्रह



काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले खोप लगाउन बाँकी रहेका प्राध्यापक, शिक्षक तथा विद्यालय कर्मचारीलाई कोभिड–१९ विरुद्धको खोप लगाउने व्यवस्थाका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई आग्रह गरेको छ ।

शिक्षामन्त्रीको अध्यक्षतामा बसेको बैठकले खोपको व्यवस्था गरिदिन स्वास्थ्य मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको शिक्षा मन्त्रालयले जनाएको छ ।

यसैबीच नेपाल शिक्षक महासङ्घले शिक्षकका लागि खोप उपलब्ध गराउन सरकारसँग माग गरेको छ । नेपाल शिक्षक महासङ्घका अध्यक्ष बाबुराम थापाले शिक्षकले पनि छुटपुट रूपमा कोरोनाको खोप लगाएको भए पनि शिक्षकलाई मात्रै लक्षित गरेर खोप कार्यक्रम सञ्चालन गर्नुपर्छ भन्ने माग रहेको जानकारी दिनुभयो । यस विषयमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको ध्यानाकर्षण गराइएको छ ।

सरकारले आगामी असार १ गतेबाट नयाँ शैक्षिक सत्र सञ्चालन गर्ने निर्णय गरिसकेको छ । जनजीवन सामान्य भएमा कक्षाकोठामा अध्यापन गर्नुपर्ने अवस्था हुने हुँदा शिक्षकलाई खोपको प्राथमिकतामा राख्न माग
गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय