२० जेष्ठ २०८०, शनिबार
 |   Sat Jun 3 2023
Logo

–पाँच हाइकूहरु –



✍️ पेशल आचार्य


जाेड्दै गयाे
हिसाब जिन्दगीकाे
घट्दै पाे जान्छ ।

पढे जतिले
बैँक ऋण लिनु है
पच्चीस लाख ।।

अावाज उठ्याे
नाे खाेप नाे स्कुल रे
सुई लगाउ ।।।

एउटा कवि
बाँच्नका लागि अाज
गाउँ लागेछ ।।।।

तमासे हामी
शासन यसैगरी
छिल्ली रहन्छ ।।।।।
।। २०७८ जेठ २६ ।।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय