Thursday, May 1, 2025

ट्रेन्डिङ :

ओली, नेपाल र खनालमाथि खनिए योगेश भट्टराई

spot_img
spot_img

काठमाडौं । नेकपा एमालेका युवा नेता योगेश भट्टराईले पार्टी एकताको समस्याको मुल जड पार्टीका शीर्ष तीन नेता भएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै योग भट्टराईले पार्टी एकतामा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली, खनाल, माधव नेपाल भएको आरोप लगाएका हुन् । उनले ओली, खनाल र नेपालले एक अर्काको अस्तित्व स्विकार्न नसक्दा एमाले पार्टी एकतामा समस्या आएको बताएका छन् । आफ्नै पार्टीका नेताहरुसँग सहकार्य र छलफल गर्न तयार नहुने तर अन्य दलका नेताहरुसँग कुम जोडेर हिड्ने मनोवृत्तिले पार्टी एकता हुन नसकेको भट्टराईले बताए ।

बुधबार सामाजिक सञ्जालमा लेख्दै भट्टराईले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली, राजेन्द्र महतो र महन्थ ठाकुरसँग सहकार्य गर्न तयार हुने तर आफ्नै पार्टीका नेता झलनाथ खनाल र माधव नेपालसँग सहकार्य गर्न तयार नहुनाले पार्टी एकता हुन नसकेको जिकिर गरे । त्यस्तै भट्टराइले झलनाथ खनाल र माधव नेपाल अध्यक्ष ओलीसँग छलफल र सहकार्य गर्न तयार नहुने तर शेर बहादुर देउवा, पुष्पकमल दाहाल र उपेन्द्रसँग सत्ता साझेदारी र अन्य बिषयमा गठबन्धन गर्न तयार हुने भएकाले पार्टी एकता हुन नसकेको बताए ।

 

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?