Sunday, May 18, 2025

ट्रेन्डिङ :

आगामी वर्ष एक हजार २ सय ८० शिक्षकको अनिवार्य अवकास हुने ? (विवरणसहित)

spot_img
spot_img

आगामी वर्ष एकहजार २ सय ८० शिक्षकको अनिवार्य अवकाश हुने भएको छ। शिक्षक किताबखानाले आर्थिक वर्ष २०७८/०७९ को साउनदेखि पुस मसान्तसम्म त्यति शिक्षकको अनिवार्य अवकाश हुने जनाएको हो।

किताबखानाले अवकाश हुने शिक्षकहरुको नामावलीसमेत प्रकाशन गरेको छ। किताबखानाले शिक्षा नियमावली २०५९ को नियम १२६ उपनियम(घ) बमोजिम जिल्ला अन्तर्गत सामुदायिक विद्यालयहरुमा कार्यरत मिति २०७८ साउन १ गतेदेखि २०७८ पुस मसान्तसम्म अनिवार्य अवकाश हुने शिक्षकहरुको नामावली जिल्लामा पठाएको छ।

सरकारले ६० वर्ष उमेर पूरा भएका शिक्षकको अनिवार्य अवकाश गर्दै आएको छ।

कुन जिल्लामा कति शिक्षक ?

ताप्लेजुङ : १४. पाँचथर:१२, इलाम:१२, झापा : ५६, संखुवासभाः: १९, तेह्रथुम : २४, भोजपुर: १७, धनकुटाः १४, सुनसरीः २८, मोरङः ४८, सोलुखुम्बुः ९, खोटाङः १४, उदयपुरः २२, ओखलढुंगाः ९, सप्तरीः ३३, सिराहाः ३०, धनुषाः ३६, महोत्तरीः २२, सर्लाहीः २७, सिन्धुलीः १५, रामेछापः ११, दोलखाः ४, सिन्धुपाल्चोकः, १३ रसुवाः २, धादिङः १५, नुवाकोटः २०, काठमाडौंः ४५, ललितपुरः १५, भक्तपुरः २३, काभ्रेपलाञ्चोकः २७, मकवानपुरः ३१, रौतहटः ३२, बाराः २६, पर्साः २२, चितवनः १४, नपलपरासीः २५्, रुपन्देहीः १८, कपिलवस्तुः १७, अर्घाखाँचीः २२, पाल्पाः १७, गुल्मीः २७, स्याङ्जाः २८, तनहुँः १९, गोरखाः १४ , मनाङः १, लमजुङः १९, कास्कीः २०, पर्वतः २२, बागलुङः १५, म्याग्दीः ११, मुस्ताङः ५, मुगुः ५ , डोल्पाः ६, हुम्लाः ५, कालिकोटः ४, रुकुमः ९, रोल्पाः १२, प्युठानः ९, दाङः २७, सल्यानः९, बाँकेः २२, बर्दियाः १३, सुर्खेतः ९, जाजरकोटः ८, दैलेखः ७, कैलालीः १५, डोटीः ११, अछामः ९, बाजुराः ९, बझाङः १९, दार्चुलाः ७, बैतडीः १५, डडेलधुराः९, क्ञ्चनपुरः १०।

नामावली हेर्नको लागि यहाँ क्लिक गर्नुहोस :

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?