१६ जेष्ठ २०८०, मंगलवार
 |   Tue May 30 2023
Logo

ओलीले माधव नेपाललाई प्रधानमन्त्री बन्न अफर गरेको खुलासा



 नेकपा(एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले बरिष्ठ नेता माधव नेपाललाई प्रधानमन्त्री बन्न अफर गरेको खुलासा भएको छ । ओलीले आफु निकट नेताहरुलाई कोटेश्वर पठाएर बरिष्ठ नेता नेपाललाई प्रधानमन्त्री पदको अफर गरेका हुन् । ओलीले देउवालाई प्रधानमन्त्री बनाउने गरि सर्वाेच्च अदालतमा बुझाएको हस्ताक्षर फिर्ता लिएर आफैं प्रधानमन्त्री बन्न अफर गरेका हुन् ।

ओलीले नेपाललाई पार्टी अध्यक्ष पदको अफर समेत गरेका छन् । तर बरिष्ठ नेता नेपालले भने आफुले इमानको राजनीती नछाड्ने बताउने गरेको श्रोतले बतायो ।
ओलीले राष्ट्रपति विद्या भण्डारी मार्फत पनि बरिष्ठ नेता नेपाललाई प्रधानमन्त्री बन्न अफर गरेको बताएका छन् ।

‘ओलीले प्रधानमन्त्री बन्न अफर गरेका थिए, अध्यक्ष समेत बनाउन तयार रहेको बताएका छन्, तर बरिष्ठ नेता नेपालले आफुलाई दुबै पद स्वीकार्य नभएको अडान लिनु भएको छ, उहाँले प्रतिनिधी सभा बिघटन फिर्ता गराएर व्यवस्था जोगाउनु आफ्नो एक मात्र उदेश्य रहेको बताउँदै आउनु भएको छ’, श्रोतले भन्यो ।


प्रतिक्रिया दिनुहोस !