Monday, April 28, 2025

ट्रेन्डिङ :

अपाङ्गता भएका, अति विपन्न गरिब परिवारहरुको साहारा बन्दै हाम्रो नेपाल हामी नेपाली अभियान

spot_img
spot_img

दार्चुला । हाम्रो नेपाल हामी नेपाल अभियानले दुहूँ गाउँपालिकाभरी राहत वितरण गरेको छ । कोरोना महामारीको दोस्रो भेरियन्टका कारण समस्यामा परेको अपाङ्गता, अति विपन्न गरिब परिवारलाई राहत वितरण गरेकोे अभियानका जिल्ला संयोजक नरेन्द्र सिंह धामीले बताउनु भयो । उहाँका अनुसार दुहूँ गाउँपालिकाका ८३ परिवारलाई राहत वितरण गरिएको छ । ८÷१० परिवार बाँकी रहेकाले उनीहरुलाई पनि राहत वितरण गरिने र अन्य कोही समस्यामा परेको भए आफूहरुलाई सम्पर्क गर्न समेत अभियानका जिल्ला संयोजक धामीले अनुरोध गरेका छन् ।

उक्त अभियान मार्फत प्रतिपरिवार १० केजी चामल र १ वटा हात धुने साबुन बाडिएको बताएका छन् ।

वडा नम्बर १ र २ का २७ परिवारलाई यसअघि र बुधबार वडा नम्बर ३, ४ र ५ का ५६ गरिब परिवारलाई राहत वितरण गरेको अभियानका प्रदेश सदस्य आनसिंह महराले बताउनु भयो ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?