Wednesday, March 19, 2025

ट्रेन्डिङ :

सुदुरपश्चिमा नेपाल समूहका १७ सांसदलाई २४ घण्टे स्पष्टीकरण

spot_img
spot_img

धनगढी । नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीले माधव कुमार नेपाल समूहका १७ जना प्रदेशसभा सदस्यलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । प्रदेश कमिटीले गत मंगलबार पार्टीको निर्देशन विपरीत मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिएको भन्दै प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोधेको हो ।

पार्टीको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरिसकेको अवस्था र विश्वासको मतको विपक्षमा मतदान गर्न दिएको निर्देशन विपरीत मतदान गर्ने १७ जना प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोधिएको हो ।चित्तबुझ्दो जवाफ नदिए पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गरिने बताएको छ । संसदीय दलका नेता शाहलाई पार्टीको निर्देशन विपरीत सरकारमा आफू र अरुलाई पनि सहभागी गराउनुपर्ने कारण के हो भनेर स्पष्टीकरण सोधिएको छ ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?