१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

वरिष्ठ साँस्कृतिविद् सत्यमोहन जोशी अस्पताल भर्ना



काठमाडौं । पिसाबमा समस्या आएपछि संस्कृतिविद् सत्यमोहन जोशी अस्पताल भर्ना भएका छन् । चारदिन अघि किस्ट अस्पतालमा भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ । उनको छातीमा पनि केही समस्यामा देखिएको जोशीकी पत्नी राधादेवी जोशीले बताइन् । जोशीले भनिन्, ‘छाती दुखेको छ भन्नुहुन्थ्यो, त्यसैले अस्पताल लगिएको हो ।’ आज डिस्चार्ज गर्ने तयारी गरिएकोमा एन्टीबायोटिकको मात्रा पूरा नभएकोले जोशीलाई डिस्चार्ज नगरिने उनको उपचारमा संलग्न चिकित्सकले बताए । अहिले उनको स्वास्थ्यमा सुधार आईसकेको जनाइए पनि पर्सी मात्रै डिस्चार्ज गरिने पारिवारिक स्रोतले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !