Sunday, March 16, 2025

ट्रेन्डिङ :

केही दिनयता सुनको मूल्यमा उतारचढाव

spot_img
spot_img

केही दिनयता सुनको मूल्यमा उतारचढाव भइरहेको छ। अघिल्लो दिनको भन्दा तोलामा ११ सय रुपैयाँले बढ्दै शुक्रबारका लागि बजार मूल्य प्रतितोला ९४ हजार ५ सय रुपैयाँ कायम भएको छ।

गत साताको शुक्रबार सुन प्रतितोला ९३ हजार ४ सय रुपैयाँ थियो। आइतबार तोलामा ७ सय रुपैयाँले बढेर प्रतितोला ९४ हजार १ सय रुपैयाँ पुगेको सुन सोमबार पुन: तोलामा ३ सय रुपैयाँले घट्दा प्रतितोला ९३ हजार ८ सय रुपैयाँ भएको थियो।

मंगलबार तोलामा ३ सय रुपैयाँले बढेको सुन बुधबार सय रुपैयाँले बढ्दै प्रतितोला ९४ हजार ३ सय रुपैयाँ पुगेको थियो। बढ्ने क्रममा ब्रेक लाग्दै बिहीबार तोलामा ३ सय रुपैयाँले घटेर प्रतितोला ९३ हजार ९ सय रुपैयाँ भएको थियो।

सुनको मूल्य एक सातामा तोलामा एक हजार एक सय रुपैयाँले बढेको छ।

चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ। शुक्रबारका लागि चाँदी प्रतितोला १३ सय ७० रुपैयाँ कायम भएको छ।

गत साताको अन्तिम दिन प्रतितोला १३ सय ४० रुपैयाँ थियो। आइतबार तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १३ सय ५५ रुपैयाँ भएको थियो। सोमबारदेखि सामान्य घटबढ भइ बिहीबार प्रतितोला १३ सय ५५ रुपैयाँ थियो। चाँदी एक सातामा प्रतितोला ३० रुपैयाँले वृद्धि भएको छ।

अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य उकालो लागेको छ। सुन प्रतिऔंस १८९९.१७ डलर र चाँदी प्रतिऔंस २८.०७ डलरमा कारोबार भएको छ। बिहीबार सुन १८८७.०१ डलर र चाँदी २७.७४ डलरमा कारोबार भएको थियो।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?