१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

स्वास्थ्य क्षेत्रका १९२६ कर्मचारीको समायोजन मिलान टुंगियो



काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतका १९२६ कर्मचारीको समायोजन मिलान गरेको छ । सबैभन्दा बढी एक स्थानीय तहबाट अर्को स्थानीय तहमा समायोजन मिलान गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार,एक स्थानीय तहबाट अर्को स्थानीय तहमा १८६०,प्रदेशबाट स्थानीय तहमा ३२,एक प्रदेशबाट अर्को प्रदेशमा १५,संघबाट स्थानीय तहमा २२ जना र संघबाट प्रदेशमा २७ जना कर्मचारीको समायोजन मिलान भएको छ ।

१९२६ जना कर्मचारीको समायोजन मिलान टुंग्याउँदा सबैभन्दा धेरै एक स्थानीय तहबाट अर्को स्थानीय तहमा समायोजन मिलान भएको छ । यसरी समायोजन मिलान हुने कर्मचारीको संख्या १ हजार ८ सय ३० जना रहेको छ । तिनमा सबैभन्दा धेरै साहायक स्तरका कर्मचारी १ अजार ५ सय ३७ जना रहेका छन् भने अधिकृतस्तरका २ सय ९३ को समायोजन मिलान भएको हो । यस्तै, प्रदेशबाट स्थानीय तहमा ३२ जना कर्मचारीको समायोजन मिलान भएको छ ।

जसमा २१ जना अधिकृतस्तर र ११ जना सहायकस्तर कर्मचारी छन् । यस्तै प्रदेशबाट अर्को प्रदेशमा १५ जना कर्मचारीको समायोजन मिलान टुंग्याइएको छ । जसमा ७ जना अधिकृतस्तर र ८ जना सहायकस्तरका कर्मचारी छन् । अधिकृतस्तरका १५ जना र सहायकस्तरका ७ जना गरी २२ जनाको संघबाट स्थानीय तहमा समायोजन मिलान गरिएको छ भने १७ जना अधिकृतस्तर र १० जना सहायकस्तरका कर्मचारी गरी २७ जनाको संघबाट प्रदेशमा समायोजन मिलान भएको छ ।

इकर्मचारीबाट ।


प्रतिक्रिया दिनुहोस !