१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

आजका छाेकहरू —–



✍️ पेशल आचार्य

१. परिचय —
जे देखिन्छ
त्याे हाेइन
जे देखिँदैन
त्याे हाे
रूप र सारमा
आजकाे मानिस !


२. उत्तरआधुनिक आमा —
जसबाट म जन्मिएँ
ती मेरी आमा हाेइनन्,
जाे मेरी आमा हुन्
तिन्ले मलाई जन्माएकाे हाेइन्,
फरक यही छ
आमा
र उत्तरआधुनिक आमामा !!


३. प्रश्न —
संसारका
हरेक मनिसले पच्छ्याउने
संसारका
हरेक मानिसलाई लखेटिरहने
माया, प्रेम र याैन
कुन अहम्
कुन कनिष्ठ
जिज्ञासा जारी छ
खाेज अनवरत छ !!!


४. रहर —
मानिसहरू
एकदिन
वृक्षझैँ जडवत् उभिने
र वृक्षहरू मानिसझैँ
गतिमान भएर
हिँडने दिन
पृथ्वीमा अवश्य पनि आउनेछ !!!!
५. पाेखरी —
सृष्टिका खातिर
तीर्यक क्रीडा र केलीमा रमाउँदै
समस्त प्राणी र वनस्पतिहरू
जन्म-मृत्युकाे
भाेगचक्रमा घुम्ने क्रममा
भालेपाेथी भाँतीमा
फन्फनी फेराे लगाइरहेछन्
शताब्दी र सहश्राब्दिदेखि
आजसम्म !!!!!

##

(२०७८ जेठ, २८)


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय