१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

जी ७ देशहरुले विश्वका गरीब मुलुकलाई १ अर्ब कोरोना खोप सहयोग गर्ने घोषणा



काठमाडौं : लगभग दुई बर्षपछि पहिलो पटक वार्ताका लागि भेला भइरहेका जी सेवेनका नेताहरुले विश्वका गरीब देशहरूलाई एक अर्ब डोज अनुदान सहायता गर्ने प्रतिबद्धता जनाएका छन् । क्यानाडा, फ्रान्स, जर्मनी, इटली, जापान, ब्रिटेन र संयुक्त राज्य अमेरिकाका राष्ट प्रमखहरुले सो प्रतिबद्धता गरेका हुन् । अग्रणी अर्थतन्त्रहरूको क्लबले संयुक्त दृष्टिकोणसहित विश्वव्यापी स्वास्थ्य संकटबाट मुक्त हुन र जलवायु परिवर्तनको सामना गर्ने कतारी समाचार संस्था बताएको अलजजीराले जनाएको छ ।

शुक्रबार दक्षिणपश्चिमी इग्ल्याण्डको कर्ववालमा कार्बिस खाडीको समुद्रीतट रिसोर्टमा शिखर सम्मेलन हुने बित्तिकै बेलायती प्रधानमन्त्री बोरिस जॉनसनले भेलाले भेलालाई कोरोनाभाइरस महामारीबाट पाठ सिक्ने अवसर भएको र उनीहरूले कुनै त्रुटि नदोहोरिने बताए । तर खोपहरू दिने योजनाको बारेमा अभियानकर्ताहरूले भने ५०० करोड अमेरिकी डोज र युकेले १० करोड समावेश दिने र यो प्रयाप्त नरहेको बताईएको छ ।


प्रतिक्रिया दिनुहोस !