१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

पहुँचको आधारमा राखिएका करार कर्मचारीले गर्दा स्थायी कर्मचारीको पदस्थापन गर्नै गाह्रो



काठमाडौं- सरकारी निकायहरुले करार सेवाका कर्मचारीलाई बोक्दा लोकसेवा भिडेर,नाम निकालेका, स्थायीे भएका कर्मचारीहरु दोहोरो मारमा परेका छन् । संघीय मामिला तथा सामान्य प्रशासनले हालै राजपत्र अनकित प्रथम  श्रेणीमा बढुवा गरेका २९ जना कम्युटर अपरेटरमध्ये अधिकांशको पदस्थापन गरिँएका निकायमा करारका कर्मचारीहरुलाई देखाएर उनीहरुलाई हाजिरै हुन नदिएपछि मारमा परेको गुनासो पोखेका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बेइमानीका कारण उनीहरु मारमा परेका हुन् । यसरी हालै बढुवा भएका कम्युटर अपरेटरहरुको पदस्थापन गरिँदा हिजो माग नै नगरिएका निकायमा कर्मचारीहरु जर्वजस्त पदस्थान गरिएको समेत भेटिएको छ ।

माग भएका निकायमा भने कर्मचारी पठाइएका छैन् कारण त्यहाँ करार सेवाकै प्रशष्त कर्मचारी कार्यरत छन् । गत बुधबार सामान्यले ज्येष्ठता र कार्यसम्पादनको मूल्याङ्कनद्वारा हुने बढुवाका लागि नेपाल विविध सेवा राजपत्र अनङ्कित प्रथम श्रेणी (कम्प्युटर अपरेटर) मा २९ कर्मचारीको नामावली सार्वजनिक गर्यो ।


जसमध्ये फूलथुंगा रेग्मी,हर्कमान गर्बुजा,अस्मिता तमाङ,शिव कार्की,शोभाकुमारी न्यौपाने,सुनिता तमाङ,हर्षबहादुर बम,उदेन सुबेदी,मनोज कुमार मगर,रम्भा श्रेष्ठ,सुरेश चौधरी,धर्मेन्द्र चौधरी,बद्री तमाङ ,कृष्ण प्रसाद सापकोटा,देवकी रिजाल,भगबती प्रसाई,सुप्रिया लामा,शान्ति दाहाल,विनोद बिके,पुस्करराज उपाध्याय,दिलिपकुमार सिंह,सारिका न्यौपाने,रामबहादुर विष्ट,इन्दिरा खड्गा,नवराज बर्देवा,बमु गिरी,नगिना भण्डारी,अनिलकुमार दहित र सुमित्रा भण्डारी छन् । बमु गिरीको उजुरीको आधारमा उनको नाम संशोधन गरी सामान्यले २५ गते बढुवा भएका कर्मचारीहरुको सूची सार्वजनिक गर्दै पदस्थापन गरेको थियो ।

तर पदस्थापनमा ज्यादती भएको कर्मचारीहरुको गुनासो छ । उनीहरुका अनुसार,लोकसेवासँग माग नै नगरेका नियाकहरुमा आफूखुसी सामान्यले पदस्थापन गरेसँगै बढुवा भएका कम्युटर अपरेटरहरु मारमा परेका छन् । जस्तो महालेखा नियन्त्रक कार्यालयले कम्युटर अपरेटर मागेकै थिएन् । त्यहाँ ५ जना कर्मचारी खटाइएको छ ।

यस अघि निर्वाचन आयोगले कम्युटर अपरेटर माग गरेकै थिएन् तर सामान्यले त्यहाँ २ जना कर्मचारीको पदस्थापन गर्यो । आयोगमा अहिले पनि दुई जना करार सेवाका कम्युटर अपरेटरहरु कार्यरत छन् । उनीहरु दुबै जना आयुक्तका तोक आदेशमा नियुक्ति पाएका । त्यही करारसेवाका कर्मचारीलाई देखाएर स्थायी नियुक्ति लिएका कर्मचारी लिनै नमानेका कर्मचारीहरुको गुनासो छ ।

केन्द्रमा बढुवा भइ,केन्द्रकै विज्ञापन अनुसार नाम निकालिएका कर्मचारीहरुलाई अहिले रसुवा,रामेछाप वा यस्त दुर्गम जिल्लामा जान दबाब दिँइदैछ तर करारका कर्मचारी हटाउन मानिरहेका छैनन् । उसैगरी २ कर्मचारीको पदस्थापन भयो भौतिक पूर्वाधार मन्त्रालयमा । सामान्यले भौतिक मन्त्रालय वा अन्तरगत भनेर पोष्टि गरिदिएपछि भौतिक मन्त्रालयले विभागमा पठायो । विभागले हामीले कम्युटर अपरेटर मागेकै छैनौं भन्दै जिल्लास्थित कार्यालय संघीय सडक सुपरीवेक्षक तथा अनुगमन केन्द्रमा पदस्थापन गरिदिएको छ ।

यस्तै विज्ञापन खुल्नु अघि नै गृहले १५ कम्युटर अपरेटर मागेकोमा त्यहाँ ३ जना मात्र पठाइएको छ । एकातिर माग्दै नमागेका निकायमा पदस्थापन गर्ने,पदस्थापन गरिँदा सामान्य प्रशासनले बदमासी गर्दै मन्त्रालय वा अन्तरगत झुण्डाँइदा बढुवा भएका कर्मचारीहरु मारमा परेको गुनासो पोखेका छन् ।

उनीहरुलाई पदस्थापन पाएका कार्यालयले नियुक्ति पनि नदिने,फिर्ताको चिठ्ठी पनि नलेखिदिँदा मारमा परेका गुनासो पोखेका छन् । यसरी विभागीय मन्त्रालय संघीय मामिला तथा सामान्य प्रशासनबाट ज्यादती भोगेपछि शुक्राबार नै बढुवा भएका २९ कर्मचारीहरुले लोकसेवा आयोगमा पुगी त्यहाँका सचिव महेन्द्रप्रसाद गुरागाईसँग दुखेसो पोखेका छन् । सचिव गुरागाईले जहाँ र जुन निकायका लागि भनेर लोकसेवाले मागेको हो,सोही निकायमा पदस्थापन हुनुपर्ने,अन्यन्त्र गर्न नमिल्ने जबाफ दिनुभएको ती कर्मचारीहरुको भनाई छ । सामान्य प्रशसनले यो त्रुटी र ज्यादती नसच्याए अदालत पुगेर कानुनी उपचार खोज्ने हालै बढुवा भएका ती कर्मचारीहरुको भनाई छ ।- ईकर्मचारीबाट साभार 


प्रतिक्रिया दिनुहोस !