Wednesday, March 19, 2025

ट्रेन्डिङ :

महात्मा गान्धी झै ओलीलाई पनि मार्ने षड्यन्त्र गरियो : महेश बस्नेत

spot_img
spot_img

भक्तपुर । नेकपा (एमाले) का नेता महेश बस्नेतले नेपाली कांग्रेसका वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यलाई कारवाही गर्न सरकारसँग माग गरेका छन् । सञ्चारकर्मीसँग आज भर्चुअल माध्यमबाट कुरा गर्दै उनले प्रदेशसभाको शुक्रबारको बैठकमा वैद्यले दिएको अभिव्यक्ति संसदीय मर्यादाविपरीतको भएको भन्दै कारवाही गर्न माग गरेका हुन् । उनले नेपाली कांग्रेसकै मिलीभगतमा महात्मा गान्धिलाई जस्तै प्रधानमन्त्री केपी शर्मा ओलीलाई मार्ने षड्यन्त्र कतै कुनै कुनामा बनिरहेको त छैन भन्दै वैद्यको अभिव्यक्तिलाई क्षणिक आक्रोशका रुपमा लिन नसकिने बताए ।

निवर्तमान सांसद एवं पूर्वमन्त्री बस्नेतले भने, “वैद्यले संसद्मा दिएको अभिव्यक्तिलाई आक्रोश मात्रै हो भन्न सकिन्न, सत्ताका लागि छटपटाएका तत्वले चुनावसम्म ओली रहेँ सत्ता प्राप्तिको चाहना पूरा हुँदैन भन्ने देखेर देशकै प्रधानमन्त्रीको हत्या गर्न बुनेको षड्यन्त्रको गन्ध पोखिएको हुनसक्छ, यसतर्फ सचेत हुनुपर्छ ।” यता, वाग्मती प्रदेशसभाको आजको बैठकमा वैद्यले भावावेशमा आएर प्रधानमन्त्री ओलीविरुद्ध आफ्नो अभिव्यक्ति आएको भन्दै उक्त अभिव्यक्तिप्रति आफू आत्मालोचित रहेको बताइसकेका छन् ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?