१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

चीनको सैन्य विस्तार अमेरिकाका लागि गम्भीर चुनौती : जोईन्ट स्टाफ चीफ जनरल मिल्ली



एजेन्सी : अमेरिकी संयुक्त चीफ अफ स्टाफका प्रमुख जनरल मार्क मिल्लीले चीनले सैन्य क्षमतामा गरिरहेको विस्तार अमेरिकाका लागि खतरा भएको बताएका छन् । अमेरिकी सशस्त्र सेनाको प्रतिस्पर्धा सुनिश्चित गर्नका लागि आवश्यक कदम चाल्नु पर्ने बताएका छन् । हामीले हाम्रो प्रतिस्पर्धी र टेक्नोलोजिकल विकासलाई किनारा कायम राख्यौं भने त्यो अमेरिकालाई खतरा हुने बताए । अमेरिकी सिनेट समितिले गरेको सुनुवाई अघि टिप्पणी गर्दै मार्क मिल्लीले भने, चिनियाँ सेनाले आफ्नो क्षमताहरु धेरै गम्भीर र दीर्घकालीन हिसाबले विकास गरिहेरको छ ।

वाशिंगटनले विगत धेरै वर्षदेखि बेइजिंगलाई आफ्नो राष्ट्रिय सुरक्षा नीतिको मूलधारमा राखेको छ । बढ्दो व्यापार र ताइवानमाथिको चीनको बढ्दो सैन्य शक्ति जस्ता मुद्दाहरू अमेरिकाका लागि खतरा हो । त्यस्तै अमेरिकी राष्ट्रपति जो बिडेन र उनका सुरक्षा सचिव लोयड अस्टिनले पनि चीनको बढ्दो सैन्य शक्ति र विश्वव्यापी प्रभावको बारेमा समान चिन्ता व्यक्त गरेका छन्। यस हप्ताको सुरुमा, विदेश मामिलासम्बन्धी चिनियाँ संसदीय समितिले चीनलाई “काल्पनिक शत्रु” भनेर चित्रित गर्ने अमेरिकी प्रयासको कडा आलोचना गरेको थियो ।

source : https://www.presstv.com/Detail/2021/06/11/658795/www.presstv.ir


प्रतिक्रिया दिनुहोस !