Sunday, March 16, 2025

ट्रेन्डिङ :

भारतले सेनासँग सम्बन्धित जानकारी गोपनीयताको सूचीबाट हटायो

spot_img
spot_img

भारतको रक्षा मन्त्रालयले देशमा हालसम्म भएका युद्ध, सैन्य अभियान र सेनासँग सम्बन्धित जानकारीहरु सार्वजनिक गर्ने घोषणा गरेको छ । भारतीय रक्षा मन्त्रालयले सेनासँग सम्बन्धित जानकारीहरु गोपनीयताको सूचीबाट हटाएर सार्वजनिक गर्ने घोषणा गरेको हो ।

रक्षा मन्त्री राजनाथ सिंहले युद्ध, युद्धको क्रममा भएका संवाद, सैन्य अपरेशन र सेनाको इतिहाससँग जोडिएका जानकारीलाई गोपनियताको सूचीबाट हटाएर सार्वजनिक गर्ने नीतिलाई मन्जुरी दिएको भारतको रक्षा मन्त्रालयले शनिबार ट्वीटरमार्फत् जानकारी दिएको छ ।

यी जानकारीहरु प्रकाशनको मन्जुरी र जिम्मेवारी इतिहास विभागलाई दिइएको छ । युद्धसम्बन्धी इतिहास समय-समयमा प्रकाशित भएमा मानिसहरुले घटनाको सही जानकारी पाउने, शैक्षिक सोधका लागि प्रामाणिक सामग्री उपलब्ध हुने र गलत अफवाहबाट जोगिन मद्दत पुग्ने रक्षा मन्त्रालयको विश्वास छ ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?