२० जेष्ठ २०८०, शनिबार
 |   Sat Jun 3 2023
Logo

घरयासी विवादपछि आफ्नै श्रीमतीमाथि एसिड छ्याप्ने युवक पक्राउ



रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकामा एक पुरषले आफ्नै श्रीमतीमाथि एसिड प्रहार गरेका छन् । उदयपुर नगरपालिका वडा नम्बर ४ कि ३८ वर्षीया दीपिका विकमाथि उनकै श्रीमान दीपकले शनिबार साँझ एसिड प्रहार गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी लिलाराज लामिछानेले जानकारी दिए । दीपिकाको बायाँ हात र पेटमा एसिड परेको छ । उनको हाल चन्द्रपुरमा रहेको एपोलो सिटी अस्पतालमा उपचार भइरहेको छ ।

दीपिकाको शरीरको करिब १८ प्रतिशत भाग जलेको अस्पतालले जनाएको छ। पीडित महिलाका अनुसार शनिबार साँझ ६ बजेतिर विवाद हुँदा उनका श्रीमान घरबाट बाहिर निस्किएका थिए । बोतलमा केही चिज ल्याएर छ्याप्न खोज्दा आफूले खोस्ने क्रममा हात र पेटमा परेको दीपिकाको भनाइ छ । चन्द्रपुरमा सुनचाँदी गहना पसल सञ्चालन गरेका विकले सोही पसलबाट एसिड लगेर श्रीमतीलाई प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको प्रहरीले जनाएको छ । ४२ वर्षीय दीपकलाई प्रहरीले पक्राउ गरेको छ ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय