Wednesday, March 19, 2025

ट्रेन्डिङ :

मुख्यमन्त्री पद गुमेपछि पार्टी अध्यक्ष ओलीमाथि खनिए पृथ्वीसुव्वा गुरुङ

spot_img
spot_img

पोखरा । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले गण्डकीको सरकार ढल्नुमा प्रधानमन्त्री केपी शर्मा ओली जिम्मेदार रहेको बताएका छन् । मुख्यमन्त्री निवास छोड्नुअघि आइतबार पत्रकारसँग कुराकानी गर्दै उनले सरकार ढल्नुमा एक व्यक्तिलाई मात्र दोष दिन नमिल्ने पनि बताए । प्रधानमन्त्री ओलीको पनि केही गल्ती भएको तर राजनीतिक दलले आफूलाई करेक्सन गर्नुपर्ने बेला आएको गुरुङको भनाई थियो । सत्ता प्राप्ति र कुर्सीको लागि गरिने गठबन्धनले सत्ता र कुर्सी तलमाथि हुने वित्तिकै विग्रह शुरु हुने दावी गरे । उहाँले आफ्नो सरकारले ल्याएको बहुवर्षीय योजना समयमै सक्ने विषयमा अहिलेको सरकारको ध्यान जानुपर्ने सुझावसमेत दिए । नेकपा एमाले स्थायी कमिटी सदस्यसमेत रहेका गुरुङ गण्डकी प्रदेशमा २०७४ फागुन ४ मा पहिलो पटक मुख्यमन्त्री नियुक्त भएका थिए । साथै दोस्रो कार्यकालका लागि उनी गत वैशाख २९ मा मुख्यमन्त्री नियुक्त भएकोमा संसदमा विश्वासको मत गुमाउँदा पदच्यूत भएका थिए ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?