Sunday, March 16, 2025

ट्रेन्डिङ :

खोप माग्दै ट्यांकर चालक आन्दोलनमा

spot_img
spot_img

कोरोना भाइरसविरुद्धको खोप नलगाइदिएको भन्दै ट्यांकर चालकले आन्दोलन गरेपछि वाग्मती प्रदेशमा पेट्रोलियम ढुवानी अवरुद्ध भएको छ ।

नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघको आह्वानमा संघको वाग्मती प्रादेशिक कार्यालय थानकोटबाट जिल्ला र पम्पहरुमा हुने पेट्रोलियम ढुवानी आइतबारदेखि रोकिएको छ । चालकको आन्दोलनका कारण प्रादेशिक डिपोमा अमलेखगञ्ज डिपो र बरौनीबाट हुने ढुवानीसमेत अवरुद्ध भएको छ

संघका अध्यक्ष ईश्वर लामाले कोरोना महामारीका कारण चालक तथा तिनका परिवारको ज्यानै जाने अवस्था आउँदा पनि डिपोले खोपको व्यवस्था नगरेका कारण आन्दोलन गरेको बताए । ‘अमलेखगञ्जमा एक जना चालकको ज्यान गयो, कयौं साथीहरु अझै गम्भीर संक्रमण भएर बसेका छन्, हाम्रो सुरक्षामा उदासीनता देखाइयो,’ अध्यक्ष लामाले भने ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?