Wednesday, March 19, 2025

ट्रेन्डिङ :

कांग्रेस सांसद वैद्यविरुद्ध फौजदारी कसुरमा मुद्दा दर्ता

spot_img
spot_img

हेटौडा : बागमती प्रदेशका नेपाली काँग्रेसका सांसद नरोत्तम वैद्यविरुद्ध फौजदारी कसुरमा मुद्दा दर्ता गरिएको छ । आइतबार एमालेका कार्यकर्ताले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पुगेर मुद्दा दर्ता गराएका हुन् । आइतबार एमाले निकट युवा संघका जिल्ला समिति सदस्य अनिल काफ्लेले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पुगेर मुद्दा दर्ता गराएका हुन् । हत्या दुरुत्साहनको मुद्दा दर्ता गरिएको मकवानपुरका एसपी सोमेन्द्रसिंह सिंह राठौरले बताए ।

सांसद वैद्यले प्रदेश सरकारको नीति तथा कार्यक्रम माथिको छलफलमा बोल्दै प्रधानमन्त्रीका लागि नाथुराम गोड्से बन्ने अभिव्यक्ति दिएका थिए । चौतर्फी आलोचनापछि सांसद वैद्यले शनिबार प्रदेश सभामै आत्मालोचना गर्दै माफी मागिसकेका छन् । तर वैद्यलाई फौजदारी कसुरमा मुद्दा चलाई कारवाही गर्न मागसहित मुद्दा दर्ता भएको छ । शनिबार वैद्यले संविधान धारा १८७ को अधिनमा रही प्रदेशसभामा पूर्ण वाक स्वतन्त्रताको प्रयोग गरेकाले मुद्दा दर्ता हुन नसक्ने बताएका थिए । तर अभिव्यक्ति स्वतन्त्रताको धारालाई टेकेर नै फौजदारी कसुरमा मुद्दा गरिएको पाइएको छ ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?