७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

हनुमान ढोका सहकारी र एचडि ग्रुपको संयुक्त पहलमा खाना तथा खाद्यान्न वितरण



हनुमानढोका बहुउद्देश्यीय सहकारी संस्थाले उपत्यकामा खाना तथा खाद्यान्न वितरण गर्दै आइरहेको छ ।

कोभिड–१९ रोकथाम तथा न्यूनीकरणका लागि स्थानिय सरकारले निषेधाज्ञाको घोषणा गरेसँगै उक्त सहकारी संस्थाले उपत्यकामा भोका रहेकालाई विगत ३५ दिनदेखि निशुल्क खाना तथा पानी वितरण गर्दै आएको हो ।

उक्त सहकारीले प्रत्येक दिन ३ सय जनालाई खाना तथा पानी वितरण गर्दै आइरहेको एचडी समुहका अध्यक्ष अश्मी भट्टराईले जानकारी दिइन् । यस संस्थाले काठमाण्डुको न्यूरोड महांकाल, ढल्कु, पचली भैरव आश्रम, स्वयम्भू, भद्रकारी, परोपकार लगायत विभिन्न स्थानमा खाना तथा पानी वितरण गर्दै आइरहेको छ ।

फोन सम्पर्कमार्फत समस्यामा परेकाहरुलाई चामल, नुन, तेल लगायत खाद्यान्न समेत घरघरमा पुर्याउँदै आइरहेको उनले बताइन। यस सहकारी संस्थाले भुकम्प पीडित र बाढी पिडितहरु लाई पनि सहयोग गर्दै आइरहेको छ ।

No description available.

No description available.

No description available.

No description available.

No description available.


प्रतिक्रिया दिनुहोस !