Wednesday, March 19, 2025

ट्रेन्डिङ :

नेपाली युवतीले पनि भारतीय सेनामा भर्ती हुन पाउने, भर्तीको लागि सूचना आह्वान

spot_img
spot_img

काठमाडौं । अबदेखि नेपाली युवतीले पनि भारतीय सेनामा भर्ती हुन पाउने भएका छन् । काठमाडौंस्थित भारतीय दूतावास अन्तर्गतको कल्याणकारी शाखाले सोमबार विज्ञप्ति जारी गर्दै महिला सैनिक प्रहरीका लागि भर्ती आह्वान गरेको हो ।

आगामी जुलाई २० सम्म इच्छुकले निवेदन दिन सक्ने जारी सूचनामा उल्लेख छ । भारतको अम्बाल, लखनऊ, जवलपुर, बेलगाव, पुने र सिलाङमा भर्ती छनौट हुने भएको छ । १७ वर्ष ६ महिनादेखि २१ वर्ष उमेर ननाघेका, न्युनतम १० कक्षा पास गरेका र १५२ सेन्टिमिटर उचाइ भएकाले आवेदन दिन सक्ने भएका छन् ।

गोर्खा उम्मेदवारलाई ४ सेन्टिमिटरसम्म छुट दिइएको जनाइएको छ भने वीर नारीहरुको हकमा ३० वर्षसम्मको उमेरलाई छुट दिइएको छ ।

जारी सूचनामा भैतिक परीक्षाको मापदण्ड पनि तोकिएको छ ।

सैनिक,भूपू सैनिक,वीर नारी र विधवा सैनिकका छोरीहरुको लागि तौलमा २ केजीको छुट र लिखित परीक्षामा २० अंकको बोनस प्राप्त गर्ने जनाइएको छ ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?