
धनगढी । नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले केपी शर्मा ओली पक्षका सात जना प्रदेशसभा सदस्यलाई निलम्बन गरेको छ । सोमबार (आज) बसेको संसदीय दलको बैठकले ह्वीप उल्लंघन गरेको भन्दै केपी ओली पक्षका ७ जना प्रदेशसभा सदस्यलाई निलम्बन गरेको हो । बैठकले उनीहरुमध्ये केहीलाई सात दिन र केहीलाई १० दिनका लागि निलम्बन गर्ने निर्णय गरेको हो ।
मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिन माधवकुमार नेपाल समूहको बहुमत भएको संसदीय दलले ह्वीप जारी गरेको थियो, तर ओली पक्षका ७ जनाले विपक्षमा मतदान गरेका थिए । उनीहरुले विपक्षमा मतदान गरेसँगै दल नेता प्रकाशबहादुर शाहले स्पष्टीकरण सोधेका थिए ।