२४ जेष्ठ २०८०, बुधबार
 |   Wed Jun 7 2023
Logo

७ वटै प्रदेशले आज बजेट ल्याउँदै, आर्थिक पुनरुत्थान र कोरोना महामारी रोकथाममा केन्द्रित हुने



 सातवटै प्रदेशले आज मंगलबार आगामी आर्थिक वर्षको बजेट ल्याउँदै छन् । नेपालको संविधानले प्रदेशहरुले असार १ गते बजेट ल्याउनुपर्ने व्यवस्था गरेको छ । सोही व्यवस्थाअनुसार प्रदेशहरुले बजेट ल्याउन लागेका छन् ।

बजेट कोरोना महामारी नियन्त्रण, आर्थिक पुनरुत्थान र पूर्वाधार विकासमा केन्द्रित हुनेछ । प्रदेशमा आर्थिक मामिला मन्त्रीले बजेट प्रस्तुत गर्छन । नीति तथा कार्यक्रम भने प्रदेश प्रमुखले पढ्ने चलन छ । नीति तथा कार्यक्रम सार्वजनिक भइसकेका छन् ।

प्रदेश नम्बर १ मा आज अपरान्ह ३ बजे प्रदेश सभा बैठक बस्ने भएको छ । प्रदेश बैठकमा त्यहाँका अर्थमन्त्रीले बजेट पेश गर्ने छन् ।
प्रदेश नम्बर २ मा बजेट पेश गर्नका लागि अपरान्ह ४ बजेका लागि प्रदेश सभा बैठक बोलाइएको छ ।   बागमती प्रदेशमा पनि आज अपरान्ह ३ बजे बजेट पेश हुँदैछ । सबै प्रदेशमध्ये बागमतीको बजेटको आकार ठूलो हुनेछ ।

गण्डकीमा पनि आजै बजेट ल्याउने तयारी छ । गण्डकीमा अर्थमन्त्री नियुक्त नभएकाले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नै बजेट प्रदेशसभा बैठकमा बजेट पढ्ने तयारी गरेका छ । उनी गण्डकीको आर्थिक मामिलामन्त्री पनि हुन् ।

लुम्बिनी प्रदेशमा आज अपरान्ह ४ बजे बस्ने प्रदेश सभा बैठकमा बजेट प्रस्तुत हुने कार्यक्रम छ । मुख्यमन्त्री शंकर पोखरेलले बजेट पेश गर्दैछन् । यसैगरी कर्णाली प्रदेशमा दिउँसो १ बजे र सुदूरपश्चिम प्रदेशमा अपरान्ह ४ बजेका लागि प्रदेश सभा बैठक बोलाइएको छ  ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय