Monday, March 17, 2025

ट्रेन्डिङ :

कालीगण्डकी नदीको बहाव २८ वर्ष यताकै उच्च, विश्वकै ठूलो शालिग्राम शिलासमेत डुबानमा

spot_img
spot_img

काठमाडौं : कालीगण्डकी नदीको बहाव २८ वर्ष यताकै उच्च विन्दुमा पुगेको छ । अविरल वर्षाका कारण मुस्ताङ, म्याग्दी, पर्वत हुँदै बग्ने कालीगण्डकी नदीको बहाव उच्च विन्दुमा पुगेको स्थानीय प्रशासनले जनाएको छ । नदीको बहाव बढेपछि पर्वतको जलजला गाउँपालिकाको बगरफाँट, वारीवेनी, मिलनचोक, लस्ती, खनियाँघाट, कुश्मा नगरपालिकाको मालढुंगा, नयाँपुल, मोदीवेणी, फलेवास नगरपालिकाको जैमिनीघाट र विहादी गाउँपालिकाको सेतीवेणीबजार उच्च जोखिममा परेका छन् । पर्वत, स्याङजा र गुल्मीको सिमामा रहेको विश्वकै ठूलो शालिग्राम शिलासमेत डुबानमा परेको छ । वर्षा भइरहेको र कालीगण्डकीको बहाव पनि बढिरहेकोले प्रशासनले स्थानीयलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?