१८ जेष्ठ २०८०, बिहीबार
 |   Thu Jun 1 2023
Logo

अन्तर्राष्ट्रिय उडानमा सरकारी कर्मचारीले अनिवार्य निगमकै विमान प्रयोग गर्नुपर्ने



काठमाडौं । नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडानमा सरकारी कर्मचारीलाई अनिवार्य निगमकै विमान प्रयोग गर्नुपर्ने बाध्यकारी प्रावधान राख्न प्रस्ताव गरेको छ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री उमाशंकर अरगरियासँग निगम व्यवस्थापनले सरकारी कर्मचारीलाई निगमको विमान प्रयोग गर्नुपर्ने बाध्यकारी नियम बनाउन प्रस्ताव राखेको हो । सोमवार निगमले आयोजना गरेको स्वागत एवं छलफल कार्यक्रममा मन्त्री अरगरियाले दक्षता र योग्यताको आधारमा जनशक्तिको उचित उपयोग गर्दै निगमले विगतमा बनाएको प्रतिष्ठा पुनः प्राप्ति गर्न सामूहिक प्रयासको आवश्यकता रहेको बताए ।

मन्त्रालयका सचिव यादव कोइरालाले निगमलाई परम्परागत ढङ्गमा अगाडि बढाउन नसकिने भन्दै नयाँ मोडेलमा परिवर्तन गरी प्रगति तर्फ लैजानुपर्नेमा जोड दिए । निगमलाई क्षेत्रीय वायुसेवा कम्पनी बनाउनेतर्फ निगम व्यवस्थापन र कर्मचारी लागि परेको निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले जानकारी दिए । उनले निर्माणाधीन भैरहवा र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्ड ह्याण्डलिङ सेवा सञ्चालन बापतको राजश्व ५ वर्षका लागि छुट दिनसमेत आग्रह गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय