काठमाडौं । लोकसेवा आयोगले कोरोना भाईरसको महामारी र अन्य प्राविधिक कारणले रोकिएका सम्पूर्ण परीक्षा दसैँअघि नै सक्नेगरी आन्तरिक तयारी गरेको छ । कोरोना महामारीका कारण लोक सेवा आयोगले लिने परिक्षाहरु स्थतिग भएका छन् भने केहीको विज्ञापन नै खोलिएको छैन । चालू आर्थिक वर्षका सबै विज्ञापन आयोगको वार्षिक कार्य तालिकाअनुसार नियमित रूपमा भए पनि कुनै पनि पदको परीक्षा भने सञ्चालन भएको छैनन् ।