काठमाडौं : वैज्ञानिक समाजवादी पार्टीका संयोजक विश्वभक्ति दुलाल (आहुति) ले अबको क्रान्तिकारी आन्दोलन मौलिक अर्थतन्त्रसहित अगाडी बढाउनु पर्ने बताएका छन् । वैज्ञानिक समाजवादी टेठ युनियन महासंघले आयोजना गरेको मजदुर पक्षीय सत्ता कस्तो हुनेछ भन्ने बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै आहुतिले उनले अबको क्रान्तिकारी आन्दोलन वा कम्युनिस्ट आन्दोलन पुरातन तरिकाले नभई विकसित वस्तुस्थिति अनुसार वैज्ञानिक ढंगले अगाडी बढाउनु पर्ने बताएका हुन् । कार्यक्रममा बोल्दै आहुतिले भने, हिजो रुसमा श्रमजीवी वा मजदुरले एकैपटक केन्द्रीय सत्ता कब्जा गर्न सकिदैन । अब मजदुरहरुले आफ्नो सापेक्षतामा वैज्ञानिक समाजवादी सत्ताको निर्माण थाल्नु पर्छ ।
रुसमा मजदुरहरुले शहरी जनविद्रोहबाट राज्यसत्ता कब्जा गरे । चीनमा पिछिडिएको अर्थव्यवस्था र विभाजित पुँजीपतिहरुका कारण गाउँ हुँदै केन्द्रीय सत्ता गरिएको थियो तर जुन क्रान्तिको धरातल निक्कै कमजोर रहेको थियो तर अहिलेको मजदुरहरुलाई पुँजपतिले विकेन्द्रीत गरेको छ । विद्यमान पुजीवादी राज्यसत्ताको समानान्तर सत्ता संचालन गर्न अवश्यम्भावी जस्तै बनाईएको छ । मजदुरलाई सेवा क्षेत्रमा छरिएको छ । त्यसैले विज्ञान र प्रविधिको सहायताले मजदुरहरुले आजै देखि वैज्ञानिक समाजवादी व्यवस्था निर्माण गर्न थाल्नु पर्छ । वैज्ञानिक समाजवादी सत्ताका तीन वटा आधारहरु अर्थतन्त्र, सँस्कृति र राजनीति आदि हुन् । हामीसँग राजनीति छँदैछ । अब अर्थतन्त्र निर्माण गर्नु पर्दछ । अर्थतन्त्रकालागि उत्पादन, वितरण, उपभोग आदिको आवश्यकता हुन्छ ।
तसर्थ हिजो अर्थतन्त्र बिनाको आधार क्षेत्रको निर्माण गरिएको हुन्थ्यो । आधार क्षेत्र बचाउन जनतन्त्र, जनजीविका र राष्टियत मुक्तिको आन्दोलन चलाईन्थ्यो र आधार इलाकाको प्रतिरक्षा गरिन्थ्यो । तर अबको वैज्ञानिक समाजवादी व्यवस्थाका लागि दलाल पुँजीवादी व्यवस्थाको सामना गर्न प्रतिरोध युद्ध आवश्यक हुन्छ । तसर्थ सत्ताको रक्षा गर्न मौलिख अर्थतन्त्र चाहिन्छ । मौलिकख अर्थतन्त्र बिना क्रान्ति अगाडी बढाईयो भने अबको वैज्ञानिक समाजवादी निर्माण गर्न सकिदैन । केन्द्रीय सत्ता निर्माण गर्नुभन्दा अगाडी नै मौलिक अर्थतन्त्रका आधार तयार गर्नु पर्दछ । एकैपटक वैज्ञानिक समाजवादमा पुग्न सकिदैन मात्रात्मक रुपमा वैज्ञानिक समाजवादमा गएर पूर्या वैज्ञानिक समाजवादमा जानु पर्ने आहुतिले बताए ।