१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

मध्य अफ्रिकी गणतन्त्रमा रूसी सेनाले स्थानीयको हत्या र आतंक मच्चाएको अमेरिकाको दाबी



काठमाडौं : मध्य अफ्रिकी गणतन्त्रमा रुसी सेनाले नागरिकहरुलाई चरम यातना दिनुका साथै हत्या गरिरहेको अमेरिकाले आरोप लगाएको छ । मध्य अफ्रिकी गणतन्त्रमा रुसी सेनाको हेलिकप्टरले सेलेका भनेर चिनिने विद्रोहीहरूलाई निसाना बनाउन आक्रमण गर्दा सर्वसाधारको ज्यान गएको अमेरिकी समाचार संस्था सिएनएनले दाबी गरेको छ । बमबारी सहरमा रुसी सेनाले सेलेका विद्रोही लुकेको अल ताक्वा मस्जितमा अन्धाधुन्ध गोली चलाएपछि सर्वसाधारणको मृत्यु भएको थियो । जबकी रुसी सेनालृ आक्रमण गरेको मस्जिदमा एक जना पनि सेलेका विद्रोही फेला नपरेको सीएनएनले जनाएको छ ।

यो केवल नागरिक जनसंख्या हो जसलाई उनीहरूले मारिदिए। हामीले जमिनमा मृत सेलेका शवसमेत देखेनौं, उनीहरू हाम्रा बच्चाहरू थिए जसले उनीहरूलाई मारेका थिए एक स्थानीय फटोउमाले भनिन् । यद्धपी सीएनएनले सम्भावित सजायबाट जोगाउन साक्षी र पीडितको नाम परिवर्तन गरेको दाबी गरेको छ । अन्य स्थानीय स्रोतहरू भन्छन् कि त्यहाँ दुई सेलेका मस्जिदमा शरण लिन आएका हुन सक्छन, तर तिनीहरू निशस्त्र थिए। रुसी सेनाको डरको वातावरणको बावजुद मध्य अफ्रिकी गणतन्त्रका दर्जनौं मानिसहरूको हत्या, बलात्कार र यातनाका घटनाहरू र घरहरू जलाउने लगायतका नागरिकहरूमा अन्धाधुन्ध आक्रमणको स्थानीयले बताएको सीएनएनको दाबी छ ।

source : https://edition.cnn.com/2021/06/15/africa/central-african-republic-russian-mercenaries-cmd-intl/index.html

 


प्रतिक्रिया दिनुहोस !