२० जेष्ठ २०८०, शनिबार
 |   Sat Jun 3 2023
Logo

प्रधानमन्त्री ओलीलाई झलनाथ खनालले भने- जसरी हुन्छ पार्टी मिलाउनुस्



नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी मिलाउन आग्रह गरेका छन् । उपचारका लागि दिल्ली जानुअघि नेता खनालले एमालेलाई एकढिक्का बनाउने भूमिकामा लाग्न ओलीलाई आग्रह गरेका हुन् ।

बुधबार उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलको फोनबाट खनालसँग संवाद गरेका प्रधानमन्त्री ओलीले स्वास्थ्यलाभको कामना गरे । त्यसक्रममा खनालले ओलीलाई पार्टी मिलाउन आग्रह गरेका खनालका निकट सहयोगी होम बुढाथोकीले बताए ।

प्रधानमन्त्री ओलीसँग कुराकानी हुँदा नर्भिक अस्पतालमा खनालसँगै रहेका बुढाथोकीले भने, ‘झलनाथ कमरेडले प्रधानमन्त्रीलाई पार्टी मिलाउनुहोस् भन्नुभयो ।’ नेता खनालले अध्यक्ष ओली पार्टीको प्रमुख ठाउँमा भएकाले मिलाउने भूमिका बढी हुने बताएका थिए । ओलीसँग कुराकानीका क्रममा खनाल भावुक बनेको बुढाथोकी बताउँछन् ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय