Wednesday, March 19, 2025

ट्रेन्डिङ :

लुम्बिनी प्रदेशमा वर्षाको वितण्डा : डाइभर्सन गरेको सडक भासियो, ५० मिटर सडक बगायो

spot_img
spot_img

तीनदेखिको अविरल वर्षाका कारण लुम्बिनी प्रदेशका तराईका जिल्लामा कयौं बस्ती डुबानमा परेका छन् भने पहाडी जिल्लामा पहिरोले सडक अवरुद्ध भएको छ।

लगातारको वर्षापछि रुपन्देहीको पूर्वपश्चिम राजमार्गस्थित देवदहमा चरङ्गे नजिकै डाइभर्सन गरेको सडक भासिएर मंगलबार बिहानदेखि यातायात अवरुद्ध भएको थियो। उक्त राजमार्गमा अझैसम्म यातायात सञ्चालनमा आउन सकेको छैन।

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख एसपी डम्बर विकले सिद्धार्थ राजमार्ग र पहाडी जिल्ला सदरमुकाम जोड्ने सडक ठाउँठाउँमा अवरुद्ध भएको बताए। लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार वर्षासँगै खसेको पहिरोले सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्डको तानसेन नगरपालिका–८, गौडेपुल नजिकै झण्डै ५० मिटर सडक बगाएको छ।

वर्षाका कारण पाल्पा–रिडी, पाल्पा–राम्दी, पाल्पा–आर्यभञ्जाङसहित गाउँ जोड्ने सडक अवरुद्ध भएको छ। यस्तै, गोरुसिङ्गे–सन्धिखर्क सडकखण्ड पनि अवरुद्ध भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सन्धिखर्क–३, फुदबाङमा पहिरो गएको छ भने प्युठान–भालुवाङ सडकखण्ड र गुल्मी–रिडी–तम्घास सडक पनि पहिरोका कारण अवरुद्ध भएको छ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?