१८ जेष्ठ २०८०, बिहीबार
 |   Thu Jun 1 2023
Logo

क्रिष्टियानो रोनाल्डोले कोकको बोतल हटाउँदा चार खर्ब ६९ अर्ब रुपैयाँले घट्यो सेयर मूल्य



रोकपको प्रि-म्याच पत्रकार सम्मेलनमा पोचुर्गलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले कोकाकोलाको बोतल फ्रेमबाट हटाएपछि कम्पनीको ब्राण्ड र सेयर मूल्यमा धक्का पुगेको छ।

उक्त घटनाअघि कोकको सेयर मूल्य प्रतिकित्ता ५६.१० अष्ट्रेलियन डलर (५ हजार ६० रुपैयाँ) रहेकोमा रोनाल्डोसँगको पत्रकार सम्मेलनपछि सेयर मूल्य १.६ प्रतिशतले घट्दै ५५.२० अष्ट्रेलियन डलर (४ हजार ९७९ रुपैयाँ) मा झरेको थियो।

उक्त मूल्य सामान्य घटेको देखिए पनि कोकाकोलाको बजार मूल्य करिब पाँच अर्ब २० करोड अष्ट्रेलियन डलर (चार खर्ब ६९ अर्ब रुपैयाँ) रुपैयाँ ले गुमेको छ।

हंगेरीसँगको खेलअघि भएको पत्रकार सम्मेलनमा ३६ वर्षीय रोनाल्डोले प्रतियोगिताको ठूलो प्रयोजकसमेत रहेको कोकाकोलाको बोतल हटाउँदै खानेपानीको बोतल उचालेर देखाएका थिए।

उक्त घटना सानो देखिएपनि कोकाकोलालाई भने ठूलो फाइनान्सियल हेडएक (टाउको दुखाई) बनेको छ। रोनाल्डोले ‘कोकको सट्टा पानी’ को सन्देशको आशय बुझिने किसिमले कोकको बोटल पन्छाएको घटनापछि कोकाकोलाले आधिकारिक प्रतिक्रिया जनाएको छ।

‘सबैजना आफ्नो रुची, स्वाद र आवश्यकताअनुसार पेय पदार्थको प्राथमिकता तय गर्न हकदार छन्,’ कोकाकोलाको वक्तव्यमा भनिएको छ।
खेलाडीहरुलाई पत्रकार सम्मेलन कक्षमा आउँदा पानीसँगै कोकाकोला र कोकाकोला जिरो सुगर दिने गरिएको कोकाकोलाका प्रवक्ताले बताएका छन्। (एजेन्सीको सहयोगमा)

 


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय