Wednesday, March 19, 2025

ट्रेन्डिङ :

मेलम्ची आयोजनाका ४७ कामदारको सेनाद्वारा उद्धार, २३ जना सम्पर्कविहीन

spot_img
spot_img

अविरल वर्षाका कारण सिन्धुपाल्चोकको हेलम्बुमा आएको बाढीले मेलम्ची खानेपानी आयोजनाको क्याम्प बगाएपछि अलपत्र परेका ४७ जना कामदारहरु उद्धार गरिएको छ ।

हेलम्बु गाउँपालिका -१ आम्बाथानमा रहेको आयोजनाको मुहान नजिकैको क्याम्पमा बस्ने ७० जना कामदार तथा आयोजनाका कर्मचारीहरु बाढीमा फसेका थिए ।

आयोजनामा फसेका ४७ जना कामदारहरुलाई नेपाली सेना तथा निजी कम्पनीको हेलिकप्टरबाट उद्धार गरी धुलिखेल अस्पतालमा राखिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले बताए ।उनले भने, अब उद्धार गर्नुपर्ने  छन् अझै जानकारी आइसकेको छैन ।’

मंगलबार राति आएको बाढीले कामदारहरु बसेको क्याम्प बगाएको थियो । केही कामदारहरु भागेर ज्यान जोगाउन सफल भए भने अन्य सम्पर्कविहीन छन् । मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्स निर्माण कार्य भइरहेकाले नेपाली, चिनियाँ र भारतीय तथा आयोजनाको कर्मचारी सहित ७० जना त्यहाँ कार्यरत थिए ।

अम्बाथान क्याम्पमा नेपाली, भारतीय र चिनियाँ कम्तिमा ७० जना  कामदार रहेकाे मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताए । ७० जना मध्यै अझै पनि २३ जना सम्पर्कविहीन छन् ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?