१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

सरकारले भन्यो- असार २५ गतेभित्र कर बुझाउनु, नत्र जरिवाना



3d people – man, people push up word “tax”

 आन्तरिक राजस्व विभागले असार २५ गतेभित्र कर विवरण बुझाउन सूचना जारी गरेको छ ।

विभागले  एक सूचना जारी गर्दै निषेधाज्ञा अवधिपछिको कर रकम र विवरण असार २५ गतेभित्र बुझाउन भनेको हो ।

सरकारले मूल्य अभिवृद्धि कर, आयकर, अन्तशुल्क, शिक्षासेवा शुल्क, टेलिफोन सेवा शुल्क र दूरसञ्चार सेवा शुल्क बुझाउन सूचना जारी गरेको हो ।

सर्वोच्च अदालतले मंगलबार सरकारका नाममा आदेश जारी गर्दै आर्थिक ऐन २०७७ को दफा १९ मा भएको व्यवस्था अनुसार सूचना जारी गरी कर विवरण बुझाउने मिति तोक्न भनेको थियो ।

सर्वोच्चले यसअघि अधिवक्ता सिर्जना अधिकारीले दायर गरेको रिटमा सुनुवाइ गर्दै निषेधाज्ञा अवधि भर र निषेधाज्ञा वा बन्दाबन्दी पूर्णरुपमा सकिएको मितिदेखि बाटोको म्यादबाहेक ३० दिनभित्र कर विवरण बुझाउन र नबुझाए जरिवाना नलिन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको थियो । उक्त अन्तरिम आदेशको विरुद्धमा सरकारले जेठ २५ गते भ्याकेट दर्ता गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !