१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

भारतसँगको सीमा रक्षा गर्न बेरोजगार तिब्बतीलाई स्वयंम्सेवक मिलिसियामा भर्ना गर्दै चीन



काठमाडौं : चीनको सेनाले सिक्किमको सीमापार इलाकाहरूमा स्वयम्सेवक मिलिशिया गठन गर्न तिब्बतका बेरोजगार युवाहरूलाई भर्ती गर्न थालेको छ । चिनियाँ सेनाको यो निर्णयले यसको भारतमा तरंग उत्पन्न भएको छ । चीनको यो निर्णयले भारत चिन्तित हुनु नपर्ने तर नजिकबाट नियालनु पर्ने भारतीय समाचार संस्था द प्रीण्टले जनाएको छ । चीनको भारतसँग लद्दाखदेखि अरुणाचल प्रदेशसम्म ३४८८ किलोमिटर सीमाना तिब्बतमा रहेको छ । भारत र चीनबीच लद्दाखमा एक बर्षदेखि शुरू भएको तनावपछि स्वैच्छिक सेनामा भर्ती हुने अभियान सुरु भएको छ।

इंटेल इनपुट्सका अनुसार चिनियाँ जनताको लिबरेशन आर्मी (पीएलए) र पुलिस अधिकारीहरूले सिक्किमको विपरीत रहेको याडोंग काउन्टी, र यस क्षेत्रका अन्य छिमेकी क्षेत्रका बेरोजगार युवाहरूलाई भर्ती गरिरहेका छन्। गुप्तचरको सुचना अनुसार ती बेरोजगार तिब्बतीयनहरुलाई पुलिस र पीएलए केन्द्रमा तालिम र त्यसपछि रोजगारीका लागि पठाइनेछ।


प्रतिक्रिया दिनुहोस !