१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

‘द वर्गर हाउस’ परिवारले बाढ्यो मेलम्ची बाढी पीडितलाई ११ लाख बराबरको राहत



 ‘द वर्गर हाउस’ परिवारले मेलम्ची बाढीपीडितलाई ११ लाख बराबरको राहत वितरण गरेको छ । मंगलबार साँझ आएको बाढीले हेलम्बु र मेलम्ची क्षेत्रमा ढुबानमा परी अलपत्र परेका पीडितहरुलाई वर्गर हाउसले राहत वितरण गरेको हो ।

वर्गर हाउसका संस्थापक बसन्त लामाको संयोजकत्वमा बुधबार दिउँसोबाट रकम संकलन गरेर बिहीबार नै राहत लिएर मेलम्ची गएका हुन् । वर्गर हाउसका विभिन्न शाखाहरु(फ्रेन्चाइज)का सञ्चालकहरु र शुभेच्छुकहरुबाट संकलन गरिएको करिब ११ लाख रुपैयाँ बराबरको सामान खरिद गरी हेलम्बु र मेलम्ची नगरपालिकालाई आधा/आधा राहत हस्तान्तरण गरिएको संस्थाक लामाले जानकारी दिए ।

No description available.

वर्गर हाउसले ३ सय बोरा चामल, ग्यास ७० सिलिन्डर, खाने तेल २ सय लिटर, नुन २ सय पाकेट, दाल २ सय पाकेट, मस्यौरा ५ बोरा, चिउरा  १ सय पाकेट लगाएतका सामग्रीहरु हस्तान्तरण गरिएको जानकारी दिए । वर्गर हाउसको फ्रेन्चाइज काठमाडौं उपत्यका र बाहिर गरी ७० वटा पुगेको छ ।

मंगलबार सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका–१ नाकुत्तेभन्दा ५ सय मिटर माथि पहिरो जाँदा मेलम्ची नदीमा बाँध बनेको र पछि उक्त बाँध फुट्दा ठूलो बाढी आएको थियो । बाढीले हेलम्बु र मेलम्ची नगरपालिकामा भएको डुवानले जनधनको क्षति गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !