१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको यथाशीघ्र निर्वाचन गर्न सर्वोच्चको आदेश



काठमाडौं : सर्वोच्च अदालतले निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको निर्वाचन प्रक्रिया अघि बढाउन सरकारका नाममा आदेश जारी गरेको छ । बिहिबार सर्वोच्चका न्यायधीश हरिप्रसाद फुयालको एकल इजलासले निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको निर्वाचन प्रक्रिया अघि बढाउन आदेश दिएको हो । आदेशमा अदालतले थप गरिएको अवधिमा निषेधाज्ञा जारी हुदाँ वचत भएको समयलाई मध्यनजर गर्दै यसअघि नै निर्वाचित कार्यसमितिलाई वैधानिकता दिन भनिएको छ ।

गत बर्ष १९ जेठमा नै कार्यकाल सकिएर यो संस्था अवैद्य बनेको थियो । श्रम तथा रोजगार व्यवसायजन्य सुरक्षा विभागले युनियनको विधान अनुसार एक बर्ष म्याद थपि ०७८ जेठभित्र निर्वाचन गर्न समय थप गरेको थियो । दोश्रो लहरको कोरोना नेपालमा भित्रिएसँगै ०७८ वैशाख १६ देखि निषेधाज्ञा शुरु भएको र अझैं जारी रहेको कारण कार्यकाल निरन्तर रहने व्यवस्था मिलाउनु भनि सरकारको नाउँमा अन्तरिम आदेश दिएको हो ।


प्रतिक्रिया दिनुहोस !