Wednesday, March 19, 2025

ट्रेन्डिङ :

बोर्डले २१ जलविद्युत कम्पनीलाई जोखिमयुक्त भनेकोमा इप्पानले गर्‍यो भत्सर्ना

spot_img
spot_img

नेपाल धितोपत्र बोर्डले २१ जलविद्युत कम्पनीमा सेयर लगानीका लागि जोखिमयुक्त भनेर निकालेको विज्ञप्तिप्रति स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पानले भत्सर्ना गरेको छ।

धितोपत्र बजारमा अहिलेसम्म ४० वटा जलविद्युत कम्पनीहरु सुचिकृत भएका छन्। तिमध्ये आधाभन्दा धेरै अर्थात २१ कम्पनीलाई बोर्डले जोखियुक्त उल्लेख गरेको छ।

‘आफैले शेयर निश्काशनको अनुमती दिएर सूचिकृत भएका जलविद्युत कम्पनीको प्रकृतिलाई ख्यालै नगरीकन मूल्य आम्दानी अनुपात, प्रतिशेयर आम्दानी र प्रतिशेयर नेटवर्थलाई मात्र आधार बनाएर अध्ययन गरी जोखिमयुक्त भनेकोमा दुःख व्यक्त गर्दछौं’ इप्पानको विज्ञप्तिमा उल्लेख छ।

जलविद्युत कम्पनीहरु संचालनमा आउन सामान्यतया ४ देखि ५ वर्ष लाग्ने गरेको संघले जनाएको छ। जलविद्युत कम्पनीहरुले २० देखि ३० प्रतिशत स्वपुँजी लगानी र ७० देखि ८०प्रतिशत ऋण लगानी गरेर जलविद्युत आयोजना निर्माण गर्ने गरेका छन्।

भर्खरै निर्माण सम्पन्न भएका, निर्माण सम्पन्न भई सरकारले समयमा प्रसारण लाइन निर्माण नगरेकाले उत्पादित विद्युत खेर गईरहेका र अझैसम्म निर्माणाधिन रहेका आयोजनालाई समेत बोर्डले जोखिम भनेर गलत रुपमा प्रचार गरिदिएको इप्पानको भनाइ छ।

आम्दानी, प्रतिशेयर आम्दानी र प्रतिशेयर नेटवर्थ कम हुनु स्वभाविक भएता पनि शेयर मूल्यमा राम्रो प्रभाव पर्नुले सकारात्मक सन्देश दिइरहेको इप्पानको भनाइ छ।

‘जलविद्युत् आयोजना निर्माण सम्पन्न गरेपछि मात्रै आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडेर विद्युत बेच्न शुरु भएपछि कम्पनीको आम्दानी विस्तारै बढेर प्रतिशेयर मूल्य आम्दानी, प्रतिशेयर आम्दानी र प्रतिशेयर नेटवर्थ वृद्धि हुने अवगत गराउन चाहन्छौं’ इप्पानले भनेको छ।

बोर्डले आयोजनाहरुको यो प्रकृतिलाई ख्यालै नगरी अन्य व्यपारिक कम्पनीको जस्तै स्थापना हुनासाथ व्यापार शुरु गरेर तत्कालै नाफा कमाउने ठानेर अन्यायपूर्ण रहेको इप्पानले जनाएको छ।

‘बजारमा हुने शेयर कारोबारमा कम्पनी आफैले आफ्नो कम्पनीको शेयर खरिद विक्री गरेजस्तै गरेर धितोपत्र बोर्डले कम्पनीहरुको नामावली प्रकाशन गरेर मिडियावाजी गर्नु शोभनीय देखिएन’ विज्ञप्तिमा भनिएको छ ‘यसले बोर्डको असक्षमता मात्र प्रदर्शन गरेको छैन, कतै बोर्ड भित्रकै व्यक्तिहरुबाट बजारमा चलखेल भैरहेको त छैन भन्ने आशंका समेत उब्जाएको छ।’

यदि कसैले शेयर कारोबारमा गलत गरेको आशंका भएमा नियामक निकाय धितोपत्र बोर्डले गोप्य रुपमा छानविन गर्नुपर्ने र जलविद्युत क्षेत्रमा गलत भएको भएमा स्वतन्त्र उर्जा उत्पादहरुको संस्था, नेपाल हरदम बोर्डलाई सहयोग गर्न तयार रहेको इप्पानले उल्लेख गरेको छ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?