१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

श्रीकृष्णले भगवानले दिनुभएको यी अर्ति-उपदेश अनुसार गरीबी हटाउन सकिन्छ



भगवान् श्रीकृष्णले केही यस्ता वस्तुको वर्णन गर्नुभएको छ जसलाई घरमा राखेर सामान्य मनुष्यले दरिद्रता भगाउन सक्छ ।

सनातन धर्मका पौराणिक दस्तावेज र शास्त्रहरूमा मनुष्य जीवनका हरेक ठूलासाना समस्याका समाधान बताइएका छन् । महाभारतका अनुसार एकचोटि जेठा पाण्डव युधिष्ठिरले श्रीकृष्णलाई सोधेका थिए, ‘घरमा सधैं सुख समृद्धि रहोस् अनि धनधान्यको कमी नहोस् भन्नका लागि के गर्नुपर्छ ?’

युधिष्ठिरको यस प्रश्नको जवाफमा श्रीकृष्णले केही वस्तुहरू घरमा भएमा दरिद्रता नआउने बताउनुभएको थियो । उहाँका अनुसार प्रतिदिन घरमा गाईको घिउले बालेको दियो दान गर्दा अनि घिउबाट भोगप्रसाद चढाउँदा देवीदेवताको कृपा बर्सन्छ । यस्तो गर्दा घरहरूमा दरिद्रताको वास हुँदैन ।


प्रतिक्रिया दिनुहोस !