Sunday, March 16, 2025

ट्रेन्डिङ :

तत्कालै आन्तरिक उडान नखुल्ने, पर्यटनमन्त्रीले भने-‘संक्रमणको जोखिम नघटेसम्म खुल्दैन’

spot_img
spot_img

पर्यटनमन्त्री उमाशंकर अरगरियाले कोभिड संक्रमणको उच्च जोखिम नै रहेकाले तत्कालै आन्तरिक उडान नखोल्ने जानकारी दिएका छन्।

‘अन्तर्राष्ट्रियतर्फ केही गन्तव्यमा साताको दुईवटा उडान गराउने तयारी भएको छ। कोभिड संक्रमणको जोखिम कायमै रहेकाले आन्तरिक तर्फका नियमित उडान तत्कालै खोल्ने सम्भावना छैन,’ उनले बिजमाण्डूसँग भने, ‘सीसीएमसीले सिफारिस गरेपछि एक/दुई सातापछि मात्रै उडान खुला गर्नेछौं।’

उनका अनुसार आन्तरिक उडान खुला गर्ने बारेमा सीसीएमसीबाट कुनै जानकारी आएको छैन। पर्यटन सचिव यादव कोइरालाले छलफल चले पनि आन्तरिक उडान तत्कालै खोल्ने बारेमा सकारात्मक जवाफ नआएको बताए।

‘आन्तरिक उडान सुरु गर्नका लागि क्याबिनेटलाई कन्भिन्स गराउनुपर्छ। अहिले नै केही भन्ने सम्भावना छैन,’ उनले भने।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?